२७ भदौ ०७४, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित संयुक्त सात जना न्यायधीशका इजलाशले सिलवालको रिट खारेज गरेको हो । सिलवालले चार डीआईजी मध्ये आफू कार्यसम्पादनमा अगाडि रहेको दाबीसहित रिट निवेदन दर्ता गराएका थिए ।
सिलवालको रिट खारेज भएपछि प्रकाश अर्याललाई आइजीपीका रुपमा सहज रुपमा काम गर्ने बाटो खुलेको छ ।