४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालविरुद्ध गुनबहादुर थापाका छोरा सागरले दायर गरेको रिट खारेज गरिदिएको छ ।
बैंकिङ कसुरको आरोपमा भीमफेदी जेलमा रहेका गुनबहादुर थापाका छोरा सागरले सोमबार सिलवालविरुद्ध रिट दायर गरेका थिए ।
बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिटमा प्रारम्भीक सुनुवाई गर्दै रिट खारेज गरेको हो ।
आफू र आफ्नो परिवारलाई धम्की, यातना र धरपकड नगर्न नगराउन अन्तरिम आदेश माग गर्दै सागरले डीआईजी सिलवाल मिटरब्याजी भएको र उनले आफ्नो मातहतका कर्मचारी प्रयोग गरेर आफ्ना बाबुलाई बैंकिङ कसुरको मुद्धामा थुनामा राखेको आरोप लगाएका थिए ।