तनहुँको प्रदेश सभा २ (क)मा माओवादी केन्द्रबाट ७ जना आकांक्षी

बायाँबाट क्रमश : राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने, ओेमराज आले ‘मदन’, सोमबाहादुर थापा ‘एस्बी’, मदन पौड़ेल, मुक्ति सिग्देल

१७ भदौ ०७९, तनहुँ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँको प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र)का आकांक्षी उम्मेदवार बारे छलफल भएको छ ।

शुक्रबार तनहुँको दुलेगौंडामा बसेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिको बैठकले सम्भावित उम्मेदवारबारे छलफल गरी जिल्लामा पठाउने नाम सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ आशा कोइरालाको नाम सिफारिस गएिको छ भने समानुपातिकतर्फ शम्भुबहादुर अधिकारीको नाम सिफारिस गरिएको छ ।

यसैगरी बैठकले प्रदेश सभा सदस्य उम्मेदवारमा प्रदेश सभा २ (क)मा ओेमराज आले ‘मदन’, सोमबाहादुर थापा ‘एस्बी’, मदन पौड़ेल, मुक्ति सिग्देल, राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने र विकास श्रेष्ठको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभा २ (ख)बाट प्रत्यक्षतर्फ देवीकुमारी बुर्जाको नाम सिफारिस भएको छ भने प्रदेश सभाको समानुपातिकतर्फ दलितबाट डिलबहादुर नेपाली, जनजातिबाट रामबहादुर थापा, महिलाबाट सर्वदा खनाल, खसआर्यबाट इन्द्रबहादुर अधिकारीको नाम सिफारिस भएको छ ।