२ मंसिर ०७४, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसर कुकुर वम विष्फोट भएको छ ।
करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा वम विष्फोट भएको हो । विष्फोटबाट एक जना सुरक्षाकर्मी घाइते भएका छन् भने नेता पौडेल सुरक्षित छन् । पौडेल सवार गाडीको सिसा फुटेको छ ।
नेपाली काँग्रेस पार्टीले विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेको छ । ‘जुनसुकै समूहले घटना घटाएको भएता पनि कांग्रेसका नेता, कार्यकर्ता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन्’ विज्ञप्तिमा भनेको छ ।
काँग्रेसप्रति देखिएको जनलहरबाट अतालिएर नेताहरुलाई लक्षित गरी आक्रमण भएकोे बताउँदै यस्तो घृणित क्रियाकलाप र आक्रमणप्रति घोर भत्र्सना गर्दै यस्ता आपराधिक घटनाहरु पुनः नदोहोर्याउन चेतावनी पनि दिएको छ । साथै घटनामा संलग्न व्यक्तिहरुलाई खोजी गरी कडा कारबाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।













