१६ जेठ ०७४, तनहुँ । पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ आइरहेको ग १ ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस मंगलबार बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका -२ माथिल्लो गुणादीमा दुर्घटना भएको हाे ।
दुर्घटनामा घाइते १३ मध्ये ४ को अवस्था गम्भीर छ । घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताल लगायतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीले दुर्घटनापछि माइक्रोका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
घाइतेहरुको परिचय खुल्न बाँकी छ ।