तराईका २० जिल्लामा आज सार्वजनिक विदा

२३ साउन ०७४, काठमाडौं । तराईका २० जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

धेरैजसो मधेसी समुदायले नागपञ्चमीको दिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व नमनाउने घोषणा गरेकाले मधेसी समुदायलाई लक्षित गर्दै सरकारले २० जिल्लामा सार्वजनिक विदा दिएको हो ।

श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाउने भन्दै सरकारले सार्वजनिक विदा दिएको हो । तर, सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिको निर्णयअनुसार साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो ।

तराई मधेसका जिल्लाहरुमा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई राखी बाँधिदिई दिर्घायू र सुस्वास्थ्यको कामना गर्दै रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।

गृहमन्त्रालयले सूचना निकालेर तराई मधेसका २० जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी गराएको छ । गृहका अनुसार झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज सार्वजनिक विदा दिइएको हो ।

 

तपाइको मत