सर्वोच्चले तराई-मधेसको चुनाव रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिएन्

५ असार ०७४, काठमाडौं । सर्वोच्च अदालतले ११ जिल्लाको चुनाव रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिएन ।

न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सोमबार कारण देखाउ ओदश जारी अधिवक्ता सुपनलकुमार पटेलले तराई-मधेसका ११ जिल्लाको चुनाव रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश नदिएको हो ।

सर्वोच्चले दुबै पक्षको बहस सुनेर मात्र आदेश दिनु उपयुक्त हुने भन्दै असार ८ गतेका लागि अर्को पेशी तोकिएको छ ।

स्थानीय तह पुनः संरचना आयोगले स्थानीय तहमा सहमति नजुटाएकाले त्यहाँको संख्या पुनरावलोकन नगरी हुने चुनाव गर्न नहुने रिट निवेदकको तर्क थियो ।

अदालतले विपक्षीको माग बमोजिम अन्तरिम आदेश किन जारी नगर्ने लिखित जवाफ पेश गर्न प्रधानमन्त्री कार्यालयसहितका विपक्षीलाई भनेको छ ।

२ नम्बर प्रदेश अन्तर्गतका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको चुनाव असोज २ लाई सरेको छ । भने, १, ५ र ७ नम्बर प्रदेशको चुनाव असार १४ गते हुँदैछ ।

तपाइको मत