तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष उम्मेदवार बनाउने एमालेको निर्णय

२८ फागुन ०७४, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार एमाले शीर्ष नेताहरुको बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

तपाइको मत