
१ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन मगरले तितेपातीमा धागाे बाँधेर ‘मगर-माघेसकराती पर्व’काे उदघाटन गरेका छन् ।
उपराष्ट्रपति पुन मगरले तितेपातीमा धागाेले बाँधेर नेपाल मगर संघले राजधानीमा शनिबार अायाेजना गरेकाे मगर-माघेसकराती पर्वकाे उदघाटन गरेका हुन् ।
देश-विदेशमा रहेका सम्पूर्ण मगर र गैैरमगर समुदायले माघे संक्रान्ति पर्व साझा रुपमा मनाउँदै आइरहेको भन्दै उपराष्ट्रपति पुनले उदघाटनपछि कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा ‘यो पर्व सबैको साझा पर्व भएकाले अामनेपाली जनतालाई माघे संक्रान्तिकाे शुभकामना छ’ भनेका छन् ।




नेपाल मगर संघ र थारू समुदायले अाज काठमाडाैंकाे टुडिखेलमा विशेष कार्यक्रम अायाेजना माघीकाे अवसरमा विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति पर्व मनाए ।

माघे संक्रान्ति पर्व आज घरघरमा सम्पूर्ण नेपालीले तिलको लड्डु खाएर मनाउदैछन् । नेपाली समाजमा परापूर्व कालदेखि माघे संक्रान्तिको अवसरमा तिलको परिकार खाने चलन छ ।













