तीन जनामा कोभिड १९ पुष्टि, कूल संक्रमित २९५

४ जेठ ०७७, काठमाडौं । अध्यावधिक विवरण अनुसार कोरोना भाइरस (कोभिड-१९) का पुष्टि भएकाहरूको जम्मा संख्या २९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन (३) जनामा नयाँ पुष्टि भएको बताएसँगै कूल संक्रमित २९५ पुगेको हो ।

यस्तै मनत्रालयले संक्रमितहरु धनकुटा निवासी ३४ वर्षीय महिला, मोरङ्ग, बिराटनगर निवासी २९ बर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको बताएको छ ।