२२ असार ०७७, काठमाडौं । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
विदेशबाट नेपाल फर्किएकाहरूको उद्दारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।
वायुसेवा निगमले ‘उद्दार उडान’का क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाएको थियो । क्याविन क्रु मेम्बरहरूलाई सोल्टी होटलमा अलगै राखेको थियो ।
तर होटल बसाइका क्रममा कतिपय एकैठाउँमा भेला भएर बस्ने गरेको होटल स्रोतले बताएको छ ।