तीन वटा प्रदेशको मनोनयन दर्ता असार ४ गतेलाई सारियो

१ असार ०७४, काठमाडौं । निर्वाचन आयोगले तीन वटा प्रदेशको चुनावको असार २ गतेको मनोनयन दर्ता असार ४ गतेलाई सारेको छ ।

सरकारको आग्रहअनुसार आयोगले यही असार ४ गते आइतबारका दिन १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेशको चुनाव गराउँदै छ ।

सरकारले दुई नम्बर प्रदेशको चुनाव भने तेस्रो चरणमा आगामी असोज २ गते गर्ने निर्णय गरेको छ ।

तपाइको मत