२० कार्तिक ०७७, काठमाडौं । गएको चौबीस घण्टामा कोरोना भाइरसका संक्रमित तीन हजार ५१ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा तीन हजार ५१ जना जना पुष्टि भएको योसँगै कुल संक्रमित एक लाख ८५ हजार ९७४ पुगेको जनाएको छ ।
मन्त्रालयले हाल ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेको र क्वारेन्टाइनमा १२ सय ३२ जना रहेको बताएको छ ।
यस्तै मन्त्रालयले हालसम्म एक लाख ४८ हजार ४०८ कोरोना संक्रमित निको भएर घर फर्केको साथै देशका विभिन्न अस्पतालमा ४२८ जना आइसीयू र ७४ जना भेन्टिलेरमा रहेर उपचार भइरहेको जनाएको छ ।
यसैगरी, पछिल्लो चौबीस घण्टामा १८ जना संक्रमितको निधन भएको र योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको बताएको छ ।