
७ असोज ०८२, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डस्थित तुइनखोलामा सुक्खा पहिरो खसेसँगै राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।
चितवनको एसपी गोविन्द पुरीले आज दिउँसो करिब सवा ३ बजे खसेको ठूलो सुक्खा पहिरो खसेकाले सडक समेत भासिने जोखिम बढेको बताए ।
उनले ठूलो पहिरो खसेकाले तत्कालै सडक खुल्ने सम्भावना नरहेको बताउँदै भने ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । त्यसकारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’
उनले सडक नै भासिन सक्ने जोखिमका कारण सवारीसाधनलाई बैकल्पिक सडक प्रयोग गर्न सुझाएको बताए ।













