तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुन्छः प्रधानमन्त्री

२५ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शिलान्याश गर्दै  तोकिएकै सयमसिमाभित्र गुणस्तरीय काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आफू सर्जिकल भवनको शिलान्याश गर्न आएको पनि स्पष्ट पारे । उनले ‘अवको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई नहुनेतर्फ समेत सचेत गराए ।

प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गर्दै सरकारले सबै निकायले काम गरे, नगरेको कडा निगरानी राख्ने पनि बताए ।

तपाइको मत