त्रिभुवन विमानस्थल भदौ १५ देखि पुस १५ सम्म दैनिक सात घण्टा बन्द हुने

१४ भदौ ०७६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।

विमानस्थल दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

यद्यपि नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने केही समय विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्स ओसाका उडिसकेपछि फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने छ ।

नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसअघि पहिलो चरण अन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर रनवे (धावनमार्ग)को जिर्णोद्धार गरिएको थियो ।
विमानस्थलको जिर्णोद्धारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ ।

तपाइको मत