त्रिभुवन विमानस्थलबाट ६० ताेला भन्दा बढी सुन बरामद

६ बैशाख ०७५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६० ताेला भन्दा बढी सुन बरामद भएको छ ।

बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला भन्दा बढी सुन बरामद भएको हो ।

भारतीय नागरिकलाई भन्सार चेकजाँच पछिको स्थानबाट पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले  बताए ।

प्रहरी प्रमुख चन्दका अनुसार सबै  सुन जुत्तामा लुकाएको अवस्थामा बरामद भएको हो । भन्सार छलिसकेको अवस्थामा सुन बरामद भएकाले यसमाथि गिरोह नै संलग्न हुनसक्ने आशंकामा गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

आजको बजार मूल्य अनुसार बरामद सुनको मूल्य ३५ लाख ५३ हजार पर्छ ।

तपाइको मत