त्रि.वि.का डीन डा. सिंह र उपकुलपति खनियाँलाई पदबाट बर्खास्त गर्नु पर्ने माग

८ मंसिर, काठमाडौं । आईओएमका नवनियुक्त डीन डा. केपी सिंह र त्रि.वि.उपकुलपति तीर्थ खनियाँलाई पदबाट बर्खास्त गर्नु पर्ने माग राख्दै कीर्तिपुरस्थित त्रि.वि उपकुलपतिको कार्यालय घेराउ गरेको छ ।

सिंह र खनियाँलाई पदबाट बर्खास्त गर्नु पर्ने माग राख्दै सोलिडरिटी फर डा. केसी अलायन्सले त्रि.वि उपकुलपतिको कार्यालय घेराउ गरेको हो । घेराउमा आइओएमका विद्यार्थी, आवासीय चिकित्सक, लगायतको सहभागिता रहेको थियो ।

डा. गोविन्द केसी ११ दिनदेखि खनियाँ र सिंहलाई कारबाही गर्नु पर्ने लगायतका माग राख्दै आमरण अनसनमा छन् ।

तपाइको मत