२९ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमित थप एक जनामा पुष्टि भएको बताएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।
संक्रमित व्यक्ति सप्तरी, डाक्नेश्वोरी नगरपालिका वडा नं. ३ निवासी १८ वर्षीय पुरुष रहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने जसमा ३३ जना निको भइसकेका छन् ।
मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार एक सय ५३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा छन् ।













