१० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएसँगै संक्रमितको कूल संख्या १८ हजार ४ सय ८३ पुगेको हो ।
प्रेस ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले बाराको परवानीपुर–४, निवासी कोरोना संक्रमित १७ वर्षीया युवतीको निधन भएको बताए । योसँगै नेपालमा मृत्यु हुने कोराना संक्रमितको संख्या ४५ पुगेको छ ।
मृतक युवतीमा स्वासप्रश्वासमा समस्या देखिएको साथै पातलो दिसा लाग्ने गरेको उनले बताए ।
नेपालमा हालसम्म कुल निको हुने कोरोना संक्रमितको संख्या १३ हजार ५३ जना पुगेको छ ।