२४ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा पाँच हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गएको चौबीस घण्टामा पाँच हजार ८ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।
यस्तै हाल आइसोलेसनमा ३० हजार ८१८ जना र क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेको उनले बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा १ हजार २२९ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ७४ हजार २५२ जना पुगेको जानकारी दिए ।
यस्तै उनले थप १४ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ६१४ पुगेको छ ।