६ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । योसँगै कूल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
यस्तै उनले निको भएर डिस्चार्ज हुने संख्या १ हजार ५ सय ८८ जना पुगेको बताए । साथै, हाल आइसोलेसनमा ७ हजार ५ जना रहेको पनि बताए ।