१६ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित थप ४ जनाको निधन भएको बताएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमित थप ४ जनाको निधन भएको बताएका हुन् । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
पर्सा जिल्ला बीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन ६ गते कोरोना पुष्टि भएको र साउन १५ गते राति निधन भएको बताए ।
उनले पर्सा जिल्ला बीरगंज महानगरपालिका १६ बस्ने ३५ वर्षीय पुरुषको साउन १५ गते साँझ ७ बजेर ४० मिनेट जाँदा गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको बताए । पुरुष ज्वरो तथा श्वासप्रश्वासका बिरामी रहेका ती पुरुषको १५ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै पर्सा जिल्ला बीरगंज महानगरपालिका २ छप्कैया बस्ने ६५ वर्षीय पुरुषको साउन १५ गते बिहान मृत्यु भएको र मृत्यु पश्चात स्वाब जाँचको रिर्पोट कोरोना पुष्टि भएको उनले बताए ।
प्रवक्ता गौतमले पर्सा जिल्ला बीरगंज महानगरपालिका ११ स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको साउन १६ गते पाटन अस्पतालमा निधन भएको जानकारी दिए ।
ज्वरो खोकी र स्वसप्रश्वासका समस्या भई स्टार अस्पतालमा भर्ना भएकी ती महिलामा साउन ६ गते कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा भर्ना गरिएको उनले बताए ।