थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि, एक मृतक कोरोना पोजेटिभ

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ११ हजार ७ सय ५५ पुगेकोे छ ।

उनले विभिन्न अस्पतालबाट थप ४८ जना निको भएर डिस्चार्ज भएको बताउँदै कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५८ पुगेको बताए ।

यसै गरी अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत फेला परेकी र असार ११ गते मृत्यु भएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भेटिएको बताइएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।