थप ७४३ जनामा कोरोना पुष्टि, मृत्यु हुने संक्रमितको कूल संख्या १५७ पुग्यो

८ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चौबीस घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि भएको र योसँगै संक्रमित संख्या ३२ हजार ६७८ पुगेको बताएका हुन् ।

यस्तै संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४ हजार ५६१ जना रहेको उनले बताएका छन् ।

प्रवक्ता गौतमले कोरोना संक्रमित थप ८ जनाको निधन भएको र योसँगै नेपालमा मृत्यु हुने कोभिड–१९ संक्रमितको कूल संख्या १५७ पुगेको जानकारी दिए ।