७ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयले आइतबार राष्ट्रिय अद्यावधिक विवरणको जानकारी दिँदै पछिल्लो २४ घण्टामा कूल ८१८ जनामा कोरोना पुष्टि भएको र कूल संक्रमित संख्या ३१ हजार ९ सय ३५ पुगेको बताएको हो ।
यस्तै पछिल्लो चौबीस घण्टामा २८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएको साथै आइसोलेसनमा १३ हजार १५५ जना र क्वारेन्टाइनमा ११ हजार ४१४ जना रहेको बताएको छ ।
यसैगरी थप ३ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु हुनेमा पर्साका ५६ वर्षीया महिला, सर्लाहीका ३३ वर्षीया महिला र झापाका ५८ वर्षीय पुरूष रहेको बताए । योसँगै नेपालमा निधन हुने संक्रमितको कूल संख्या १४९ पुगेको छ ।