१ माघ ०७७, काठमाडौं । आज माघ महिनाको पहिलो दिन ‘माघे संक्रान्ति ‘ अर्थात माघी पर्व थारु समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
राजधानी काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायको एक समूहले अनामनगरमा परम्परित साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् ।
उनीहरुले आफ्नो समुदायको मुख्य पर्व माघीलाई साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै रमाइलो गरेर मनाएका हुन् ।
यसवर्ष कोभिड–१९ को प्रभावका कारण विगतमाझैँ देशभर नै, मुख्यतः काठमाडौंको टुडिखेलमा माघी पर्वका लागि जमघट भएनन् ।
माघे संक्रान्ति घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाउने प्रचलन रहिआएको छ ।
आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति भन्ने चलन छ । विशेषगरी तराईका थारु समुदायले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ ।