दक्षिण कोरियाबाट २ सय ३३ जना नेपाली आउँदै

५ असार ०७७, काठमाडौं । दक्षिण  कोरियाबाट शनिबार २ सय ३३ जना नेपाली  स्वादेश आउने भएका छन् ।

ईपीएस कोरिया अन्तर्गत नाम निकालेका नेपाली कामदारलाई कोरिया लैजान काठमाडौं आउने कोरियन एयरमा २ सय ३३ जना नेपाली आउने भएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार कोरियन एयरलले कोरियास्थित नेपाली दूतावासको प्राथमिकतामा परेका, अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका नागरिकलाई नेपाल ल्याउन लागिएको हो ।