दक्ष जनशक्ति स्वदेशमै प्रयोग गरे नेपालले विकासमा फड्को मार्ने – हातोयामा

८ चैत, कास्की । नेपाल भ्रमणमा आएका जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामाले विदेशमा रहेका शिक्षित र दक्ष जनशक्तिलाई स्वदेशमै प्रयोग गरे नेपालले विकासमा फड्को मार्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रमणका क्रममा पोखरा घुम्न आएका हातोयामाले विदेशिएका युवा जनशक्तिलाई नेपालमै राखे मात्र विकास सम्भव हुने बताएका हुन् ।

हातोयामाले सरकार र निजी क्षेत्रको सहकार्यले आर्थिक विकास सम्भव हुने जापानी अनुभव समेत सुनाए ।

हातोयामाले देश विकासमा ठूला उद्योगसँगै साना र मझौला उद्योग पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै नेपाललाई त्यस्ता उद्योग स्थापनाको लागि प्रोत्साहन गर्न सुझाव दिए । उनले नेपालमा पर्यटन र हाइड्रोपावरको प्रचुर सम्भावना रहेको बताए । साथै, नेपालले परनिर्भरताको अवस्था अन्त्य गर्न स्वदेशमै उद्योगहरु स्थापना गर्न जोड दिनुपर्ने उनको सुझाव छ ।

तपाइको मत