दलित जनजागरण सेवा समितिद्वारा सप्तरीका गर्भवती तथा प्रसुती महिलाहरुलाई राहत वितरण

१४ भदौ ०७४, सप्तरी । दलित जनजागरण सेवा समितिद्वारा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका गर्भवती तथा प्रसुती महिलाहरुलाई राहत वितरण गरिएको छ ।

दलित जनजागरण सेवा समितिको आयोजनामा तथा वातावरणीय कृषि तथा विकास केन्द्र (केड) काठमाडौंको सहयोगमा कोइलाडी बर्साइन चौकीमा आयोजित कार्यक्रममा राहत वितरण गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ देखि ९ सकरपुरा बस्तीका गर्भवती तथा सुत्केरी महिलाहरुलाई २ किलोको १ बोरा मुरही (भुजा), प्लाष्टिक बाल्टिन १ थान, सुपानेट झुल १ थान, साबुन १ थान, ब्रस, पेष्ट १ थान, नून १ किलो, मेक्सी १ थान, बदामको सत्तु आधा किलो, तन्ना १ थान, गम्छा १ थान, बच्चाको भोटो १ थान, बेबी ब्ल्यांकेट १ थान तथा दलितहरुको लागि १३ घर धुरीलाई ६ बोरा चामल वितरण गरेको छ ।

दलित जनजागरण सेवा समितिको अध्यक्ष जितु राम, सह–सचिव सुमन ठाकुर, कोषाध्यक्ष कनकलाल राम, केड संस्थाको प्रतिनिधि चन्दन राम, स्वंसेवक रतन कुमार मिश्रा, रंजित कुमार यादव, दिपकचन्द्र ठाकुर, वडा सचिव जगदिश यादव समेतको रोहबरमा १ सय ३१ जना गर्भवती ४० जना सुत्केरी महिला र एक जना अपाङ्ग बालिका लगायत जम्मा १ सय ७२ जनालाई राहत वितरण गरेका थिए ।

तपाइको मत