१४ माघ ०७४, काठमाडौं । सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता ५५ वर्षमा पाउने निर्णय गरेको छ ।
वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता ५५ वर्षमा पाउने निर्णय गरेको हो ।
सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउने छन् ।













