३१ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह ‘लौरो’लाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह भन्दै प्रचार गर्नेविरुद्ध स्पष्टीकरण सोधेको छ ।
आफ्नो दलीय आवद्धता स्पष्ट नगरी लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारलाई आइतबार आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।
आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार लाई एक लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण दिन भनेको छ ।














