
१२ असोज, काठमाडौं । एक दशकदेखि लामो रुटमा बस सेवा बन्द गरेर बसेको साझा यातायातले काठमाडौंबाट दुईवटा लामो रुटमा सेवा सुरु गर्ने भएको छ ।
साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयकाअनुसार असोज १६ गतेदेखि साझाका बसहरु काठमाडौंबाट गोरखा र बागलुङको रुटमा काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ दैनिक १-१ वटा बसहरु चल्नेछन् ।
बागलुङका लागि साढे ६ बजे पुल्चोकबाट साझा बस छुट्नेछ भने गोरखाको बस ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यतिर लाग्नेछ ।
टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी गरेको छ । टिकटका लागि साझाको हटलाइन १६६००१-७७७७७ वा फोन ०१-५५५२६८६ मा पनि फोन गर्न सकिने पाण्डेयले जानकारी दिए ।













