१ असोज ०७८, बुटवल । लुम्बिनी प्रदेशकाे राजधानी दाङको भालुवाङ क्षेत्रमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना हुने भएको छ ।
शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री कार्यालय स्थापना हुने भएको हाे ।
गतवर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार सरकारले मुख्यमन्त्री कार्यालयका लागि आवश्यक पूर्वाधार तयार गर्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको छ ।