७ पुस ०७५, दाङ । शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
२२ जनाको घटना स्थलमै र एक जनाको उपचारका क्रममा शनिबार बाँकेमा मृत्यु भएको हो ।
घोराहीमा भरखरै मात्र सञ्चालन आएको सहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय दाङमा बोटनी विषय अध्ययनरत विद्यार्थी प्रगोगात्मक अध्ययनका लागि शुक्रबार सल्यानको छाँयाक्षेत्र पुगेर फर्किँदै गरेको बस राप्ती राजमार्गको तुलसीपुर कपुरकोटा सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरमा दाङका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै जुम्लाका ११ जना, दाङका ६ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १र १ जना छन् । दुर्घटनामा मृत्यु भएका सबैको शनिबार मात्रै पहिचान खुलेको हो ।
मृतकका नामावली नामावली
१.गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी
२.सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक
३.कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे
४.भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली
५.जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही
६.चन्दननाथ १० का बिपना खत्री
७.चन्दननाथ १० का रुपेश शाही
८.चन्दननाथ १४ का रितेन्द्र शाही
९.चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय
१०.चन्दननाथ ३ का हिक्मत बोहोरा
११.चन्दननाथ ६ की कुसुम रावल
१२.हिमा गाउँपालिका ५ की सैलजा शाही
१३.तिला गाउँपालिका १ का जंगबहादुर बिक
१४.तिला ३ का रमेश उपाध्याय
१५.कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा
१६.दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया
१७.घोराही १४ का विजय जिएम
१८.बबई गाउँपालिका ५ की कविता खत्री
१९.जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली
२०.डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी
२१.कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट
२२.बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी
२३.बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल
त्यस्तै, तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख व्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको बैठकले उपमहानगरपालिका भित्रका सबै विद्यालय आइतबार बन्द गर्ने निर्णय गरेको छ ।













