२१ भदौ ०७४, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले रेष्टुरेन्टमा छापा मारेर ६ जना भारतीयसहित १७ जनालाई पक्राउ गरेको छ ।
सदरमुकाम खलंगामा अबैध यौन कारोवार गरिरहेको गुनासो बढेपछि प्रहरीले बुधबार साँझ छापा मार्दा ६ जना भारतीयसहित १७ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी जनकबहादुर शाहीले खलंगाका तीन ओटा बियरबार (रेष्टुरेन्ट)मा काम गर्ने ७ जना नेपाली युवती र ४ जना नेपाली नागरिक साथै ६ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताए ।
प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।