१० पुस, काठमाडौं ।
परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा बेइजिङमा तेल र ग्यासको व्यापार गर्ने लगायत सहमति भएको छ ।
बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा उक्त सहमति भएको बताइएको छ । साथै, भेटवार्तापछि सहमति भएका विषयलाई संयुक्त विज्ञप्तीको रुपमा जारी गरिएको छ । सहमतिमा चीन र नेपालबीच उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदान गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई गति प्रदान गर्ने लगायतका बुँदाहरु छन् ।
द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापाले नेपालमा चिनियाँ पर्यटकलाई भिसा–मुक्त भ्रमण व्यवस्था गरिने जानकारी गराए ।
चीनका विदेश मन्त्री वाङ यीले चीन, नेपाल र भारतले त्रिदेशीय आर्थिक करिडोर निर्माण गरी संयुक्त फाइदा लिनु पर्ने बताए ।