देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन

२१ जेठ ०७४, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गराएका छन् । आफूले अहिलेसम्म विवेक प्रयोग गरेर निर्णय गरेको तर, यो बहुमत अल्पमत हेरेर निर्णय गरेको उनले बताए ।

देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखत पत्र पठाएर राप्रपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तपाइको मत