२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।
देउवाले मोर्चाका नेताहरुलाई संविधान संशोधन र निर्वाचनका विषयमा दलहरुबीच विवाद बढिरहेका बेला छलफल गर्न बुढानिलकण्ठ निवासमा बोलाएका हुन् ।
मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभई निर्वाचनमा जान नसक्ने र सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने चेतावनी दिएपछि देउवाले आज दिउँसो तीन बजे मोर्चाका नेताहरुसँग छलफल गर्दैछन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान लिइरहेको छ भने मधेसी मोर्चाले संविधान संशोधनलाई नै निर्वाचन हुन नसक्ने बताएको छ ।













