२९ पुस ०७७, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरेको बताएकी छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेतृ कोइरालाले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भन्दै यस्तो बताएकी हुन् ।
‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ’ उनले भनिन् ।
संसद पुनःस्थापना विना चुनाव गर्न खोजिए देश रक्तपातको दिशामा जाने भन्दै उनले आफ्नै पार्टी सभापति देउवालाई रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै आफैंले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको भनेर प्रश्न समेत उठाएकी छन् ।
‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ?’ उनले भनिन्, ‘ओलीको पछि किन लागिरहनुभएको छ, आश्चर्य लागेको छ ?’