१९ साउन, काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई पार्टी उपसभापति र पत्नीलाई मन्त्री बनाउनु पर्ने दुई माग पेश गरेका छन् ।
गत महाधिवेशनमा देउवालाई सभापति जिताउनका लागि भूमिका खेलेको भन्दै खड्काले आफूलाई उपसभापति र पत्नी एवं सांसद शिला शर्मा खड्कालाई आफूले रोजेको मन्त्रालय दिनु पर्ने माग राखेका छन् ।
पत्नी शिलालाई दोस्रो संविधान सभामा समानुपातिक सांसद बनाउन सफल खुमबहादुर खड्का अहिले देउवालाई दबाव दिई मन्त्री बनाउने अभियानमा लागेका छन् ।













