७ असोज ०७७, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म देशभर वर्षा हुनसक्ने बताएको छ ।
मौषम विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर शनिबारसम्म वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो ।
अहिलेको अवस्थालाई हेर्दा नेपालमा केही दिन मनसुनी गतिविधि बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी शान्ति कँडेलले जानकारी दिइन् ।