देश टुक्र्याउन खोज्नेलाई राज्यले कार्वाही गर्नुपर्छ – गच्छदार

BG

८ प्रदेश वतर्मान संकटको निकास
२२ माघ, सप्तरी । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले पहाडमा ५ र मधेशमा ३ प्रदेश बनाई सीमाङ्कनको विवादलाई टुङ्गयाउनु पर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शनिबार सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।

दुई नम्बर प्रदेशमा झापा, मोरङ्ग र सुनसरीलाई राख्नुपर्ने नभए सिरहा, सप्तरी, सुनसरी, उदयपुर, मोरङ्ग र झापालाई छुट्टै प्रदेश, बनाउनु पर्ने उनको जोड थियो ।

गच्छदारले धनुषादेखि पर्सासम्मलाई एउटा प्रदेश र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभेर सीमाङ्कनको विवाद टुङ्गो लगाउनु पर्ने बताए । साथै, उनले कांग्रेस एमाले र माओवादी केन्द्रले पटक पटक शासनसत्ता सञ्चालन गर्दै आए पनि मधेशी जनतामाथिको विभेदको अन्त्य गर्न नसकेको आरोप लगाए ।

अलग मधेश बनाउने कुरा चलिरहेको सन्दर्भमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफमा नेपालभित्रै मधेश रहेकाले आफूहरु उक्त विषयप्रति सहमत नरहेको प्रष्ट पार्दै गच्छदारले भने, ‘देश टुक्र्याउन खोज्नेलाई राज्यले कार्वाही गर्नुपर्छ ।’

DSC09801

अध्यक्ष गच्छदारले शुक्रबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पास नगरिए निर्वाचन असम्भव रहेको बताए ।

उनले सरकार संविधान संशोधन नगरी हतारमा चुनावको तयारीमा लागेको बताए । साथै, यथास्थितिमा सार्थक निर्वाचन सम्भव नहुने दावी गर्दै आफूहरु यथास्थितिमा हुने चुनावमा सहभागी नहुने स्पष्ट पारे ।

६५ वर्षदेखि संविधानसभा मार्फत् संविधान बनाउने जनताको चाहना पूर्ण हुन नसकेको भन्दै उनले भने–‘संविधान त बनेको छ तर, कार्यान्वयनप्रति ठूला तीन दलका नेता गम्भीर हुन सकेका छैनन् ।’

नेता गच्छेदारले ठूला दलहरुकै अगुवाईमा भएका आन्दोलनहरुबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आएको भएपनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला भन्ने दलहरु नेतृत्वमा असफल भएको जिकिर गरे ।

तपाइको मत