
१ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र कम्युनिष्ट आन्दोलनका लागि निर्वाचन ऐतिहासिक भएको बताएका छन् ।
काठमाडौं ५ मा आयोजित चियापन कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट वाम गठबन्धन र पार्टी एकता जनअनुमोदित भएको बताउँदै सो कुरा बताएका हुन् ।
वाम एकतालाई कार्यकर्ताले स्वीकार गरेको र जनताले अनुमोदन गरेको भन्दै उनले एमाले र माओवादी केन्द्रसामू पार्टी एकतालाई अन्तिम रुप दिएर अघि बढ्नुको विकल्प नभएको बताए ।
चियापान कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष प्रचण्डले एमालेको योगदान विना माओवादीको र माओवादीको योगदान विना एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा अहिले प्राप्त निर्वाचन परिणाम सम्भव नरहेको पनि बताए ।













