देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माण गर्न दवाव सृजना – किरण

१ भदौ, विराटनगर । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ले देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माण गर्न दवाव सृजना गर्ने त्यस्तो नभए पुनः युद्धमा जाने बताएका छन् ।

सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष किरणले  देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माण गर्न दवाव सृजना गर्ने त्यस्तो सम्भव नभए पुनः युद्धमा जाने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विदेशीको इसारामा बनेकाले देश र जनता साथै राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने अध्यक्ष किरणले आरोप लगाए ।

तपाइको मत