निता पुन
८ साउन ०७६, काठमाडौं । लमजुङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
लमजुङका प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले दोर्दी गाउँपालिका ४ स्थित दोर्दी खोलामा अचानक आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको र ६ जना हराइरहेको पुष्टि गरे ।
प्रजिअ भट्टराईले मृत्यु हुने र बेपत्ता भएकाहरूको आधिकारिक नाम सार्वजनिक हुन बाँकी नै रहेको बताउँदै उनीहरू लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार भएको बताए ।
बाँझे भन्ने ठाउँमा पहिरोको कारण खोला थुनिएको र त्यो एक्कासी खुल्दा बाढी आएर मानवीय क्षति हुन पुगेको प्रहरीको अनुमान छ ।














