दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाविरुद्ध न्यूजिल्याण्ड १० विकेटले विजयी

Milinda Siriwardana of Sri Lanka (R) attempts to catch batsman Martin Guptill of New Zealand (L) during the second one day international (ODI) cricket match between New Zealand and Sri Lanka at Hagley Park in Christchurch on December 28, 2015. AFP PHOTO / MARTY MELVILLE / AFP / Marty Melville (Photo credit should read MARTY MELVILLE/AFP/Getty Images)१३ पुस, काठमाडौं ।

मार्टिन गुप्टिलको आक्रमक पारीको मद्दतमा न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट १० रनले जितेको छ । यससँगै उसले न्यूजिल्याण्डले पाँच म्याचको सिरिजमा २-० को अग्रता लिएको छ ।

श्रीलंकाले प्रस्तुत गरेको ११८ रनको लक्ष्य न्यूजिल्याण्डले मात्र ८.२ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । उसका लागि ओपनर गुप्टिले आक्रमक पारी खेल्दै मात्र ३० बलमा अविजित ९३ रन बनाए । उनले ८ छक्का र ९ चौका हाने ।

उनी एक दिवसीय क्रिकेटमा ‘फास्टेस्ट फिप्टी’को रेकर्डको निकै नजिक रहे । उनले १७ वलमा ५० रन बनाएका थिए । एक दिवसीय क्रिकेटमा सर्वाधिक कम बल खेलेर अर्धसतकको रेकर्ड एबी डिबिलियसको नाममा छ । उनले १६ बलमा ५० रन बनाएका थिए ।

टोम लेदन १७ रनमा अविजित रहे ।

यसअघि पहिले व्याटिङ गरेको श्रीलंकाले २७.४ ओभरमा ११७ रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । श्रीलंकाका लागि नुवान कुलासेकराले सर्वाधिक १९ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा माट हेनरीले ४ विकेट लिए भने मिचेल क्याकलेनाघमले ३ विकेट लिए ।

साभार: अनलाइनखबरबाट ।

तपाइको मत