२९ जेठ ०७४, काठमाडौं । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन अवरूद्व गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु तराई-मधेस झर्ने बताएका छन् ।
असार २ को उम्मेदवारी दर्तालाई अवरोध गर्न मंगलबारदेखि तराई मधेस, थरुहट र लिम्बुवानमा आमहड्ताल घाेषणा गरेको राजपा नेतृत्वकाे संघीय गठवन्धनका नेताहरू तराई-मधेस झर्न लागेका हुन् ।
आन्दोलनमा सहभागी हुन राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर जनकपुर र अध्यक्ष मण्डलका अन्य ५ सदस्य गृह जिल्लामा जाने निर्णय भएको छ ।
अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो भने शरतसिंह भण्डारीको महोत्तरी हाे ।
यसैगरी राजकिशोर यादवकाे गृह जिल्ला सिराहा र अनिल झाकाे रौतहट हाे ।
आन्दोलनका क्रममा शीर्ष नेताहरु विभिन्न जिल्लामा पुग्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।