२१ जेठ ०७५, काठमाडौं । धनगढीको ब्यस्त बजारमा दिनदाहाडै गोली चलाएर साढे नौ लाख लुट्ने समुहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बेलुका काठमाडौ गोगंबुबाट २ जनालाई पक्राउ गरिएको हो ।
अघिल्लो आइतबार घटना भए लगत्तै प्रहरी इन्सपेक्टरको कमान्डमा लुटेराको खोजीमा कैलालीबाट प्रहरीको टोली काठमाडौसम्म आइपुगेको र लुटेरालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरले बताए । उनले घटनाको विवरणसहित उनीहरुलाई अपरान्ह ४ बजे सार्वजनिक गर्ने बताए ।
गत जेठ १३ गते आइतबार बिहान १० बजे धनगढी चौराहास्थित पुरानो सब्जीमण्डी जाने चोक नजिकै आईएमई सेन्टरका कर्मचारी निर्मल कार्की माथि गोली प्रहार गरी साढे नौ लाख लुटेका थिए ।