२ साउन ०७६, काठमाडौं । कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा शंकास्पद वस्तु विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।
धनगढीको सहीद गेट नजिकै रहेको निलम होटलमा विस्फोट हुँदाहोटल मालिक केशवराज पाण्डे, राम सिंह, लक्ष्मण सेरेला, मोविन खान र धनगढीका जितेन्द्र यादव घाइते भएका हुन् ।
प्रहरीका अनुसार ५ जना मध्ये २ जना राम सिंह र सेरेलाको अवस्था गम्भीर रहेको छ । घाइतेको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
ग्यास सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ ।













